काण्डहरू चलाएर मात्रै देशको विकास हुँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरू चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरू चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।

उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने जिकिर गरे । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे ।

देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे ।

उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरू नै अग्रसर हुनुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय