अनमोल केसी पक्राउ पर्नु अघि नै अदालतबाट निषेधाज्ञाको आदेश

काठमाडौं । अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएको खुलेको छ ।

उच्च अदालत, पाटनले बुधबार ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको’ भन्दै पक्राउ नगर्न आदेश दिएको खुलेको हो ।

निवेदनमा जिल्ला प्रहरी परिसर, टेकुलाई विपक्षी बनाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले अभिनेता केसीलाई शुक्रबार अपराह्न साँगाबाट पक्राउ गरेको थियो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।

‘अदालतले देवानी प्रकृतिको मुद्दा मात्र पक्राउ नगर्न भनेको हो, आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा समातेका हौं, यो फौजदारी मुद्दा हो’, रेग्मीले भने, ‘त्यसैले यसमा पक्राउ गर्न प्रहरीलाई समस्या छैन, आइतबार अदालत हाजिर गराउँछौं ।’

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय