एमाले निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले पब्जी प्रतियोगिता गर्ने

नेकपा एमाले निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी यस बारेमा मङ्गलबार जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।

खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा सङ्घ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए ।

उनले खेलको विजेतालाई दुई लाख, दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपियाँ पाउने छ । उक्त कार्यक्रम निरज पौड्यलको संयोजकत्वमा भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय