प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल भर्ना

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । उनलाई मंगलवार स्वास्थ्यमा केही असहज महसुस भएपनि उनी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार नियमित स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट र्फकने जानकारी दिए । शर्माले भने,“प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको हो । स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट बालुवाटार फर्किनुहुन्छ ।”

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय