नुवाकोट, धादिङ लगायतका जिल्लासम्म लगातार भूकम्पको धक्का महसुस

आइतबार विहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एकाएक भूकम्पले हल्लायो । काठमाडौं उपत्यकाका साथै धादिङ, गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लासम्म भूकम्पको धक्का महसुस भयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहान ७ बजेर ३९ मिनेटमर धादिङको खरी आसपासलाई केन्द्र बिन्दु बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिनभरमा ४ वा सोभन्दा माथि म्याग्निच्युडको थप ६ वटा पराकम्प गएको छ, जसध्ये साँझ ५ बजेर ३१ र ३३ मिनेटमा गएको पराकम्प क्रमशः ५ र ५।१ म्याग्निच्युडको थियो । ४ म्याग्निच्युडभन्दा साना पराकम्प जोड्ने हो भने १२५ नाघिसक्यो ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो २०७२ कै भूकम्पको पराकम्प हो ।

१२ वैशाख २०७२ मा गएको ७।

. ६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय