गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै ३२ संस्था आन्दोलनमा

बुटवल । रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् ।

उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् ।

निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले सोमबार  देखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरिएको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय