नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो ।

नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाईएको छ । जसअनुसार सैनिकका सन्तति १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी(जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय