नेवा:लहनाले निरन्तरता दिदैँ आएको सरसफाई कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौ । शनिवार सरसफाई अभियानमा सक्रिय रहदैँ आएको नेवा:लहनाले देश र विदेशमा सरसफाई अभियान चलाउँदै आएको छ ।

यसै क्रममा आफ्नो गाउँ ठाउँ सरसफाइ गर्न नसकेर अलमल्लिएको बेला नेवा लहना बिश्व सरसफाइ अभियानले देशमा मात्र नभइ बिश्व सरसफाइ अभियान एक दशकदेखि अगाडि बढीरहेको छ ।

किर्तिपुर नगरपालिका बाट शुरू भएको अभियानलाई अझै बढी प्रभावकारी बनाउन बृहत् सरसफाइ अभियान गरेर सरसफाइ लाई निरन्तरता दिइएको छ ।

मानव फोहोर रहित मानव फोहोर ब्यवस्थित गरौ भन्ने नारासाथ नेवास्लहना बिश्व सरसफाइ अभियानले किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ गरेर सरसफाइ गर्न पर्छ भन्ने सन्देश दिएको छ ।

मानव फोहोर रहित मानव फोहोर ब्यवस्थित गरौ भन्ने भावनाका साथ आफ्नो घर टोल शहरमा आफुले फोहोर नगरौ भन्दै किर्तिपुरबासीहरू हातमा सरसफाइ गर्ने आ‌ैजार सहित उपस्थित भइ सरसफाइ अभियानमा लागेको नेवाः लहना बिश्व सरसफाइ अभियानका अभियन्ता ललिता महर्जनले बताए ।

अरूले यहाँ अवसर देखेको हामीले अवसर नदेखेर देशमा रोजगारी नभएको भन्दै विदेशीने क्रम जारी छ राज्य निकाय जनता सबै एकजुट भइ सबैले आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने उदेश्यले सरसफाइ अभियान शुरूवात गरेको नेवाः लहना बिश्व सरसफाइ अभियन्ता राजमान मानवले बताए ।

सबैले आफ्नो ठाउँ सफा गर्नु पर्या सबैले सफा गरेको खण्डमा मात्रै हामी निरोगी हुन्छौं सफाइ नभएको खण्डमा बिरामी भइने सरसफाइ अभियानमा आएका बिद्यार्थीको भनाइ छ ।

सरसफाइमा सबैलाई चाहिन्छ हाम्रो स्वास्थ्यको लागि चाहिने सरसफाइ भएको हुदा यसलाई एउटा अभियानको रूपमा यस्तो सरसफाइ आवश्यक भएको सरसफाइ अभियानका सरोकारवालाले बताए ।

बृहत् सरसफाइ अभियानमा स्थानीय टोलबासी किर्तिपुर नगरपालिका लायन्स क्लब ,स्थानीय बालक्लब सामुदायिक बिद्यालयका बिद्यार्थी समाजसेवी जेष्ठ नागरिक लगायतका ५ सय जना भन्दा बढीको सहभागीता रहको थियो ।

किर्तिपुर बाट १४ बर्ष अघि शुरूवात भएको बृहत् सरसफाइ अभियान नेवाःलहना बिश्व सरसफाइ अभियानले काठमाडौमा मात्र नभइ देशभर गर्दै आएको छ ।स्थानीय सरकारले गर्नुपर्ने सरसफाइ अभियान लाइ देशको ७५३ स्थानीय तहमै अभियान कै रूपमा सबै सरोकारवाला एकजुट भएर लाग्न सकेको खण्डमा नेपाल पुरै सरसफाइ हुन धेरै समय लाग्ने देखिदैन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय