खाली चौरमा मन्त्री सिम्खडाले भाषण गरिरहिन्, सुन्ने कोही भएनन्

पोखरा ।  स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्वीर यतिबेला चर्चामा छ । तस्वीरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले मन्त्रीको तस्वीर खिचिरहेको देखिन्छ ।

यो तस्वीर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लिइएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । जसमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षकसहितसयौंको संख्यामा सहभागी थिए ।

औपचारिक उद्घाटन कार्यक्रम पनि निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सुरु भइसकेका थिए । उद्घाटन समारोह लामो हुन थालेपछि सहभागीहरु पनि एकएक गर्दै बाहिरिन थाले । प्रत्यक्षदर्शीका अनुसार मन्त्री सिम्खडाको बोल्ने पालो आउँदा मैदानमा केही संख्यामा पत्रकारबाहेक कोही पनि बाँकी रहेनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय