“तिम्रो अंगालोमा रून मन थियो,अब यो सम्भव छैन”

आकाँक्षा धामी (आकु)। वृत्त आकारमा घुमिरहेको जिन्दगीका कुरा खै कसलाई सुनाऊँ, मेरा मनका भावनाहरू।

बाहिरबाट सबैले मेरो जीवन ठीकठीकै चलेजस्तो देख्छन्। अरूले भन्दा जिन्दगी मेरो जस्तो होस् भनी चाहन्छन्। अचानोको पीर खुकुरीलाई के थाहा भनेझैं दुनियाँलाई के थाहा मेरो मनको पीर।

तिमीले सोच्यौ होला (म कस्तो निष्ठुरी रहेछु। यतिका वर्षसम्म पनि सम्बन्धमा बसेर कसरी बिर्सिन सकेको होला भनी, तर के गर्नु) सम्झनाका भावहरू धमिलिँदै गएपछि मैले पनि बिर्सेको जस्तो गर्न बाध्य भएँ।

अहिले म कस्तो अवस्थामा बाँचिरहेको छु, त्यो मलाई मात्र थाहा छ। तिमीले त अर्कैको हात समाइसक्यौँ तर मैले दिउँसै सपना देखिरहेको छु। मलाइ राम्रोसंग थाहा छ प्रिय अब तिमी मेरो बन्दैनौँ। हामी एक बन्ने छौँ त याद र सम्झनामा।

तिमीले मलाई छोडेको दिन अझै याद छ। त्यो दिन सम्झिँदा सायद जिउँदै मरेको जस्तो भान हुन्छ। आधा खुसी, आधा बेखुसी प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ।

मलाइ यो प्रेमले डुबायो, नराम्रोसँग डुबायो। कहाँबाट सुरू गरौँ तिन वर्षसम्मको प्रेम सम्बन्ध जब छुट्टिन १ सेकेन्ड लागेन। कस्तो भुले म पनि मंसिर आउँदै थियो सपनाहरू मनमा सजिएका थिए अब त हाम्रो नि विहे भइहाल्छ भनेर तर यो सोच त गलत पो हुन पुग्यो। आज बिहानै निद्रा खुल्यो , हतार हतारमा उठे।

उठ्ने बितिक्कै फोन चलाउने बानी मेरो आज पनि चलाए र कहिले मेसेजको घन्टी नबज्ने आज मेरो मेसेन्जरमा मेसेजहरूको ओइरो नै लागेको थियो। जहाँ बधाइ छ भनेर मेसेजहरू आएका थिए, तर मलाइ के(को बधाइ यो थाहा थिएन। तर जब थाहा पाए आफ्नै प्रेमिको बिहे पो भएछ। बधाइ त उसलाइ दिनुपर्ने हो तर मलाई आयो।

एकछिन त झसङ्ग भए उसले यो सब कसरी गर्न सक्यो भनेर१ जब मलाई विश्वास नै लागिरहेको थिएन। फेरी मेरो मोबाईलमा अर्को घन्टि बज्यो झट्ट हेर्छुत उसको दाइको मेसेज थियो।

कहिले काँही हाम्रो कुरा भइरहन्थ्यो तर आज एक्कासि उसले पनि आफ्नो भाइको बिहे भएको फोटो पठायो। त्यो देख्दा कसरी विश्वास नगर्नु छागाबाट झरे जस्तै भयो। तर उ मेरो फेसबुकमा ब्लक थियो विहे भएको सुनेपछि उसलाई हेर्न खोजे तर फेसबुक प्रोफाईल लक थियो।

उसको साथि सर्कलहरूले फेसबुक वाल भरी विहेका पोस्ट र शुभकामना भनेर ट्याग गरेको देखे। फोटोमा त निकै खुसि देखिन्थ्यो उ। तर यता मलाई बाच्नु न मर्नु भइसकेको थियो। त्यो दिन मैले आफ्नो ज्यान आफैं लिन खोजेको थिएँ, तर सकिनँ। तिमीलाई बिर्सिनु त आफ्नो ज्यान लिनुभन्दा पनि कठिन रह‍ेछ।

सबै यादहरू ताजा भएर आउँदैछन् उसलाई धेरै प्रश्न गर्न मन त थियो तर अब सकिँदैन।

जसोतसो उसलाई एउटा मात्र कुरा त भन्छु तिम्रो फोनमा भएको मेरो तस्विरहरू छन् की डिलिट गर्यौँरु यदी छन् भने त्यो तस्विरसँगै यादहरू नि फिर्ता पठाइदिनु प्रिय।

एकान्तमा गएर रून मन लागेको छ, कहाँ गएर दुःख पोखौँ तिम्रो अंगालोमा रून मन थियो। अब यो सम्भव छैन। तिमी जसको अंगालोमा छौँ अब खुसि हुनु प्रिय मान्छे। यो जुनिको त आँसा मरिसक्यो अब अर्को जुनिको आँसा खै कसरि पो गर्नु।

कुनै समय याद आयो भने फोन गर है उहीँ पुरानो नम्बर छ जसमा फुच्चु भनेर सेभ गरेका थियौँ।

तिमी जस्तो कहाँ बन्न सक्थे र म, मैले त जानेकै माया गर्न हो तिमी जस्तो धोका दिन जानिन्। हुन त जिन्दगी भनेको यस्तै हुन्छ क्यारे१ जिन्दगीमा जे नहोस् भन्थेँ, त्यही भयो।

जसलाई गुमाउन नपरोस् भन्थेँ, उसैलाई गुमाउनुपर्‍यो। जसको लागि बाँचेको थिएँ, उसैले मर्न बाध्य बनाएर गयो। जसलाई विश्वास गरेको थिएँ, उसैले विश्वासघात गरेर गयो। प्रेम, सम्बन्ध, माया सबै भन्नु यस्तै रहेछ।

फेरी पनि नव विवाहित जोडीलाई शुभ-आशिर्वाद सँगै बधाइ छ मेरो!

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय