टीकाराम यात्री :रवि लामीछानेजीे ले १२ भाई भन्दिएको आधारमा  हिलोको छिटो हामीलाई पनि पर्न थाल्यो

गौरदा जेसिसले झापामा आयोजना गरेको एक कार्यक्रममा पत्रकार टिकाराम यात्रीले पत्रकारीता र पत्रकारको धर्म बारे बताएका छन् ।

उनले उक्त कार्यक्रममा सहकारीले कसरी राम्रो काम गरेको छ किसानलाईलाई कसरी सहयोग गरेको छ भन्ने बारे जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साथै कार्यक्रममा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले नेपालको व्यवसाय, विदेशिने परम्परा, लगाएतको कुराहरुमा चर्चा गरेको थिए ।

यही क्रममा पत्रकार टिकाराम यात्रीले पत्रकारको धर्म र टेलिभिजनको बारेमा बताएका थिए ।

उनी भन्छन्- माध्यम परिवर्तन गर्न सकिएन भने त्यसको आयु क्षणभंगुर हुन्छ । आज रविलामीछाने जीेले १२ भाईभनेको आधारमा त्यसलाई ठिक बेठीक भनिराछैन,उनले १२ भाई भन्दिएको आधारमा अव त्यो हिलोको छिटो हामीलाई पनि पर्न थाल्यो । त्यो भनेको ठीक बेठीक भनिरा छैन,त्यो ठिक त हुदैँ होईन तर त्यो भनेको कुरा बढी पत्याउन थाल्यो के मान्छेहरुले ।

हामी भन्ने संबाहक पत्रकार पत्रकारीता, जसरी अघि नेताको दोष छ, भन्नुभयो नि त्यसरी नै हाम्रो पनि दोष छ । हामीले नविकृत भएर,हाकीएर भन्न नसकेसम्म केही पनि हुदैन त्यसैले पनि म चाही त्यो ठाउँमा आईपुगेको हो, अरुलाई पनि प्ररणा मिलोस् भनेर तर मुल धार भनिने मिडिया चाही यस्तै सनातनी रुपमा चल्यो भने, अखवार अभिलेख बन्छ, टेलिभिजन काचको पर्दा मात्र बन्छ र रेडियो चाही मेरो स्टेशन म्यानेजर छ भनेर टावर ठडिने बस्तु मात्रै बन्छ, त्यो कुरामा तपाई परिस्कार गरेर डिजिटलाईजेशन हुनु भएन भने हामी चाही डाईनोसर हुने खतर छ, निस्कीएर मलाई चिन्न अलि ढिलो भयो ।

त्यो कुरा चाही आत्मसाथ गर्नुपर्यो । अर्काले भनेको हाईन म.. त त्यो अंगुर चाखेर अंगुर अमिलो छ, भन्दै छु । फेरी हामीले दिने कुरा यीनै हुन फेरी माध्यम मात्र फरक हुन् । त्यो माध्यम लाई चिन्न सक्नुपर्यो । जहा सम्म गणतन्त्रको पैरवी गर्दैनौँ भन्ने कुरा छ, पत्रकारीता असल पत्रकारीताले न राजतन्त्रको पैरवी गर्छ न गणतन्त्रको गर्छ । कसैको पनि पैरवी गर्ने हाईन, हामीले त आवज विहीनहरुको आवाज बन्ने हो ।

संसगै राज्यलाई उत्तरदायी बनाउने हो, जवाफदेही बनाउने हो । कुनै मिसन हुनु भनेको चाही त्यो खराव हो । एउटा कुराको चाही पैरवी गर्न सकिन्छ त्यो हो लोकतन्त्र । नत्र अरु कुनै सासनको पैरवी गर्नुहुदैँन, पैरवी गर्ने वितीकै त्यसको प्रवक्ता हुन जान्छ ।

हामीले पनि सोच्नु पर्यो कि म मेयर भएको ठाउँमा भए के के गर्न सक्थे, यती अन्देखा पनि हुदैन की मेयर ५ वर्ष सम्म नविकृत हुनुपर्छ जनताको माझ जानुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय