अरनिको यातायातले संचालन गरेको सरसफाईमा विद्यार्थीहरुले यसरी गर्छन् सरसफाई(भिडियो)

सामाजिक सचेतना र सरसफाई अभियानमा नागरिकको भुमिकामा अहम् भुमिका खेल्दै आएको पुर्व अरनिको यातायात प्रा.लि.ले बसपार्क क्षेत्र आसपासमा हरेक शनिवार विद्यार्थीहरुलाई समेत सहभागी गराई सरसफाई अभियान चलाईरहेको छ ।

यहि क्रममा मंसिर अन्तिममा परेको शनिवार पनि २ यस विद्यार्थीको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । करिव १५ सय क्षमता भएको अरनिको बसपार्कमा हाल १ सय ५० सवारी साधन रहने गरेको छ ।

बसपार्कमा यतिकै पनि फोहोर हुने र विभिन्न क्षेत्रबाट आएका मानिसहरुले फोहोर गर्ने हुदाँ विद्यार्थीलाई नै सम्लग्न गराई सरसफाईकार्यमा लाग्दा ठुला मानिसहरुमा पनि चेतना जागृत हुने प्रालिका अध्यक्ष केदार क्षेत्री बताउँछन् ।

उनका अनुसार अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप ओखलढुंगा हुदैँ प्रदेश १ु २ र ३ मा यस बसपार्क बाट गाडी जाने आउने भईरहेको छ ।

तर उक्त बसपार्क क्षेत्रमा महानगरपालिकाले अवरोध गरेपछि थप संरचना बनाउन असहज भएको अध्यक्ष क्षेत्री बताउँछन् । हाल अरनिको सरसफाई अभियानमा बाग्मती सरसफाई अभियान, मनोहरा खोला सरसफाई अभियानमा सक्रिय रहेको सरसफाई अभियान्त हरुपनि प्रालिले चलाईरहेको अभियानमा जोडिएका छन् ।

अभियान्ता हरुका अनुसार उक्त जडिबुटी क्षेत्रमा बसपार्क वनिसकेपछि वरपरको क्षेत्र समेत सफा भएको बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय