अवरोधकाबिच प्रशासकीय भवनको उद्घाटन

कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।बिहीबार नेकपा एमालेको अवरोधकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । भवन पुनः उद्घाटन गरेको भन्दै एमालेले बिरोध जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले यसअघि भवन गलत तरिकाले उद्घाटन गरिएको बताएका छन ।बिहीबार नगरपालिका भवनको उद्घाटन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताएका हुन ।

तत्कालिन मेयर हरी सिंह साउदले गलत तरिकाबाट भवनको उद्घाटन गरिएको र त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेका उनले भने त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएका थिए । हामीले खुला कार्यक्रम गरेर उद्घाटन गरेका छौ ।’

कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले राजनितिक दलहरुको सहमतीमा नै नगरपालिकाको भबन उदघाटन गरिएको बताएका छन ।भवनको उद्घाटन समारोहलाई बिहीवार सम्बोधन गर्दै एडिबीले भबन बनाएको हो तर उक्त निकायबाट हस्तान्तरण नगरी भवनको उद्घाटनमा तत्कालिन मेयर हरी सिंह साउदले हतार गरेर उदघाटन गरेको उनको आरोप रहेको छन।

शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गरेका हन। उनले गोदावरीको बिकास को लागी सबैको हातेमालो हुनु जरुरी रहेको बताए । बढेका छौ ।’ उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्ने बताए ।

पुनः उदघाटन गरेको प्रति एमालेले नगरपालिका घेराउ समेत गरेको थियो । सो भवन एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत निर्माण भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय