बाजुरामा लोप हुन लागेका रैथाने बालीको प्रबर्द्धन गर्न सप्ताह व्यापी कृषि मेला

 

पुराना रैथाने कृषि बाली लोपहुन थालेपछि सरोकारवाला फेरि संरक्षणमा सक्रिय देखिएका छन् । उन्नत जातको कृषि बालीका नाममा पुराना र स्वास्थ्यकर खाद्यन्न बाली नै लोप हुन थालेपछि सरोकारवाला निकायले संरक्षणका लागि सक्रियता देखाउन थालेका हुन् । लोप हुन लागेका बालीकै निरन्तरता स्वरुप दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० को अवसर पारी बाजुरामा रैथाने बालीको प्रवद्र्धन गर्न सप्ताह व्यापी कृषि मेला आयोजना गरिएको छ । कृषि सप्ताह बडीमालिका नगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालन गरिएको हो । बाजुराली पहिचानसँग जोडिएका कागुनो, चिनो, कालोधान, कालो गहुँ, सिमी, डल्ले कोदो, उवा, डारे मकै, मार्से, बेथे, फापर, कालो भटमास, पुरानो सिर्के मास सहीतको रैथानी बाली प्रद्धर्शनमा राखिएको थियो ।

‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नौ वटै पालिका बीच प्रतिस्पर्धा समेत गराइएको थियो । जस्मा बुढीगंगा प्रथम, बडीमालिका द्धितीय, र स्वामिकात्र्तिक खापर गाउँपालिका तृतीय स्थान ल्याउन सफल भएका छन् । किसानले लगाउँदै गरेका पुराना बालीको संरक्षणको अवस्थालाई नै मुल्याकंनको मापदण्ड बनाइएको थियो । जैविक विविधतासंग अनुकुलीत योजना हरु बनाएर राज्यका तिन ओटै तहले यसबारे सोच्नुपर्ने बेला आएको लिर्वड बाजुराका परियोजना संयोजक सम्भु बस्नेतले बताए ।

स्थानिय तह, प्रदेश सरकार र संघिय सरकाले जैबिक बिबिधतामा आधारीत कृषि तथा रैथानी बाली प्रबद्धानआत्क योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने र बाजुरामा उत्पादित जैबिक विविधता संग मेल खाने बालीहरुको संरक्षणमा सबै स्थानिय तह सक्रिय रहेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताए ।

कृषि आन्वंशिक स्रोत कृषि बाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोतको भरपुर प्रयोगमा जोड दिन कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताए । स्थानिय तह, प्रदेश सरकार र संघिय सरकाले जैबिक बिबिधतामा आधारीत कृषि तथा रैथानी बाली प्रबद्धानआत्क योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने प्रजिअ पौडलको भनाइ रहेको छ ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख जैविक विविधता संरक्षणमा साथै जिल्लाका सबै पालिकाहरुले कृषिमा महत्वका साथ बजेट ब्यबस्थापन गर्न आग्रह गरेका छन । जैविक विविधतामा नेपाल धनी देश भए पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेकोले यस तर्फ सबैको ध्यान जानुपर्ने समन्वय प्रमुख रोकायाले बताए ।

फरक फरक स्टल राखिएका थिए । कृषि खेती प्रवद्र्धनको क्षेत्रमा सक्रिय गैर सरकारी संस्था लिर्वड बाजुरा, आइएनएफ गिफ्ट, सामाजिक बडीमालिका समुदायिक सामाजिक विकास केन्द्रले सहकार्य गरेका कृषि सप्ताह आयोजना गरिएको हो । पछिल्लो दशक यता किसानका बारीमा पुराना कुनै पनि बाली लगाएको देखिदैन् । नयाँ र उन्नत भनिएका जातका खाद्यन्न बालीहरुले मात्रै ठाउँ लिएको अवस्था छ । यसले एकातिर रैथानीय बालीको अस्तित्व नै हराएको छ । भने अर्को रसाइनको प्रयोगबाट उत्पादन गरिएको खाद्य बालीको बीउले बढी उत्पादनका नाममा मानव स्वास्थ्य समेत बिगार्नेमा चिन्ता बढेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय