पहिलो पटक बस पुग्दा सामुहिक रुपमा उत्सव

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट मझु्वा,गैरीगाउ,गौखर्कमा पहिलो पटक बस पुग्दा सामुहिक रुपमा उत्सव मनाईएको छ ।महाभारत पहाडको ग्रामिण का“खमा अवस्थित सुनकोशी गाउपालिकाको वडा नं ७ मझुवा गैरीगाउ र वडा नं ६ गौखर्कमा सिन्धुलीमाडीबाट सुनौलो वीपी यातायातको बस सेवा संचालन भएसंगै बस,बसका चालक सहचालक र यात्रुहरुलाई स्थानीयले पंचेबाजा सहित फुलमाला,अवीरले स्वागत गरेका हुन् ।

सो क्ष्ँेत्रमा ग्रामिण सडक निर्माण भएको लामो समय वितिसक्दा समेत सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट सार्वजनिक यातायातका साधनहरु बस सेवा संचालन नहुदा कष्टकर यात्रा गर्न वाध्य भएका थिए ।

तर पछिल्लो समयमा सुनकोशी गाउपालिका वडा नं ७ का वडाध्यक्ष लोकबहादुर कार्की र स्थानीय समाजसेवी नारायण कार्कीको पहलमा सदरमुकामबाट सुनौलो बिपि यातायातको बस सेवा सिन्धुलीबाट चपौली हुदै मझुवा गौखर्क सम्म संचालन गरिएपछि स्थानीय बासिन्दाहरुले सदरमुकाम सिन्धुलीमाडी सम्मको यात्रा सहज रुपमा गर्न पाउने भएका छन् ।

सिन्धुलीमाडीबाट जलकन्या चपौली, मझुवा, गैरीगाउ, गौखर्क,सैनटार,आरुवोटे,सैनटार हुदै सो वस सेवा अमारे सम्म संचालन हुने सुनौलो वीपी यातायताका अध्यक्ष कान्छामान तामाङले बताए ।त्यस क्षेत्रमा सार्वजनिक यातायातको बससेवा संचालन भएपछि सदरमुकाम सिन्धुलीमाडी सम्मको आवागमनमा सुविधा हुनुका साथै कृषिजन्य उतपादनहरु सदरमुकाम सिन्धुलीमाडी सम्म पुर्याउन समेत सहज हुने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय