धुलिखेल नगरपालिका वडा नम्वर १० मा एक घर एक धारा

 

काभे्र । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेका ३ सय घर धुरीमा एक घर एक धारा कार्यक्रम अन्र्तगतको धारा जडान गरी पानी प्रयोगमा ल्याईएको छ । बाँकी १ सय २५ घर धुरीमा चालु आर्थिक वर्ष भित्रै धारा जडान गरी पानी प्रयोगमा ल्याईने छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन एक घर एक धारा गदै धुलिखेल खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य तथा गरिवी निवारण लगायतका क्षेत्रमा दिगो विकास लक्ष्य अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका सबै बस्ति र घरहरुमा चालु वर्ष भित्र धारा पु¥याउने लक्ष्य राखेको बताए । दक्षिण एशियामा धुलिखेल नगरपालिका गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिका भित्र पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले सबै वडाबासीहरुलाई शुद्ध र गुणस्तरीय पानी घर घर उपलब्ध गराउने अभियानमा नगरपालिका सक्रिय भएको बताए । उपप्रमुख निराजनले नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने गरी कार्य भईरहेको र आगामी वर्ष पूर्ण रुपमा धारा जडान भएको नगरको रुपमा चिनिने बताए ।

शारदा बतासेमा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले एक लाख लिटरको ट्याङ्की निर्माण गरेका थिए । ३ सय घर धुरीका लागि थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण भएको छ । डिपबोरिङ्गको माध्यमबाट उक्त खानेपानी विस्तार गरिएको अध्यक्ष गोविन्द शर्मा उपाध्यायले बताए । कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष रविन्द्र थापा, सचिव रविन विष्ट लगायतले उपभोक्ता समितिले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । एक घर एक धारा उद्घाटन कार्यक्रमसँगै बालमैत्री पार्कको पनि शिलान्यास गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय