दार्चुलामा यात्रुबहाक बस दुर्घटना

दार्चुलामा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।दार्चुला सदरमुकामबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ख–१०३१ नम्बरको बस दुर्घटना भएको हो । महाकाली नगरपालिका–५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै बस सडकबाट तल खसेको थियो ।

घाइतेहरुको उपचार जिल्ला अस्पताल भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र दुई जनाको मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय