पर्वतका सुन्तला किसानहरुलाई स्थलगत तालिम

पर्वतको फलेवास नगर पालिकाले सुन्तला किसानहरुलाई स्थलगत तालिम प्रदान गरेको छ । नगरका व्यवसायीक सुन्तला खेती गरीरहेका पाँँच वडाका किसानहरुलाई तालिम दिइएको हो । सुन्तला वोट काँट छाटँ गर्ने, मलखाद र सिचाई दिने समयमा तथा बोट गोडमेल गर्ने तरीका सिकाउँदै स्थलगत रुपमा तालिम दिइएको हो । बोटमा परोजिवि जात पलाउने, तथा फलमा औँेसा किरा लाग्ने र एकै प्रकारका दाना नलाग्ने समस्या समाधान गर्ने बगैँचामा पुगेर किसानलाई कृषि प्राविधिकहरुले तालिम दिएका हुन । किसानलाई बोडो पेष्ट कोडो मिक्सर , निलोतुथो प्रयोगको विधि सिकाउन लागीएकोहो । किसानाहरका गुनासा सुनेर स्थलगत रुपमा समाधान गने लागीएको फलेवास नगर पालिकाका कृषि अधिकृत केदार सापकोटाले बताए ।

फलेवास गनर पालिकाका सुन्तला उत्पादन हुने वडाका किसानहरुलाई किसान बगैँचामा पुगेर सुन्तला वोटमा देखीएका समस्या पहीचान र रोग निदान गर्न तालिम उपयोगी भएको किसानहरुले बताएका हुन । किसानहरुले नगर पालिको उपलब्ध गराएका कृषि चुन , निलातुथो ,लगायका रासाईनीक औषधिको प्रयोग विधि घर आँगनमा सिक्न पाउँदा खुसी लागेको बताएका छन।

तीन सय हेक्टर सुन्तला खेती हुँदै आएको पर्वतको फलेवासमा यो बर्ष पाँच करोड बराबरको सुन्ताल निकासी भएको किसानको अनुमान छ । नगरपालिकाले सुन्लता खेती हुँदै आएका वडा लिमिठाना , ठानामौला ,कुर्घा , पाङराङ, श्रीकाङ, लगायतका वडामा व्यवसायीक सुन्तला गर्दै आएको किसानलाई तालिम दिइएको हो । स्थलगत रुपमा दिइने तालिमले किसानहरु बोट रोग पहीचान गर्न सक्ने हुनुको साथै गोडमेल, मलखाद प्रयोग गर्न सक्ने हुने र उत्पादनमा आगामी वर्ष सुन्तला बढने फलेवास नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय