पर्वतमा १ सय १६ वटा सिँचाई आयोजनाको निर्माणको चरणमा

जिल्लामा कुल १ सय १६ वटा साना र ठुला गरी सिंचाईका आयोजनाहरु सञ्चालनमा छन् । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतमा १ सय १६ वटा आयोजनाहरु सञ्चालनमा रहेका हुन् ।कार्यालय प्रमुख विष्णुहरी अधिकारी अनुसार चालु आर्थिक बर्षमा कुल १ सय १६ आयोजनाहरु निर्माणको चरणमा रहे पनि अहिले ३३ वटा आयोजनाहरु भने निर्माण भईरहेका छन् । कार्यालय प्रमुख अधिकारी अनुसार कुल १५ वटा आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

कुल १८ करोड बजेट कार्यन्वयन भएको जिल्लामा कुल आयोजनाको २५ प्रतिशत भौतिक उपलब्धि देखिएको कार्यालयले जनाएको छ । बर्षातको समयमा निर्माण कार्यमा समस्या पर्ने भएको हुँदा दिउँदको समयमा आयोयजना निर्माण कार्यलाई तिव्रता दिइएको उपभोक्ताहरुले बताएका छन । अधिकाँश आयोजनाहरु सिँचाई भएको र किसानहरु हिँउदमा समय मिलाउन सक्ने हुँदा आयोजनाको काममा लागी परीरहेका छन ।

कार्यलको नियमीत निग्रानी र आँफुहरुको पनि सकृयताका कारण समयमा आयोजना सम्पन्न गराउन सकेको धारापानी सिँचाई आयोजनाका उपभोक्ता गणेश तिवारीले बताए । फलवेवास नगर पालिकाका वडा ४, ५ , ६ , र ७ वडाहरुलाई सिँचाई पुग्ने वृहत फलेवास सिँचार्य आयोजना भएको हुँदा मर्मतको कार्य भईरहेको फलेवास नगर प्रमुख गंगाधर तिवारीले बताए ।

पर्वतमा ठुला सिँचाई आयोजनाहरुमा उर्जाखोला सिँचाई आयोजना ,सल्यान सिचाई आयोजना , मल्लाज सिचाइ सिँचाई आयोजना ,टकलाक सिँचाई आयोजना ,अर्जिकोट सिचाई आयोजना ,भुक ताङले सिँचाई आयोजना , अंधेरीखोला सिँचाई आयोयजना महशिला सम्पन्न भईरहेका हुने भने वृहत फलेवास सिचाई आयोयजना मर्मत , भईरहेको हो । पर्वतमा २७ सय हेक्टर सिँचाई युक्त जमीन रहेको छ । यसमा केही प्रतिशत सम्पन्न्न आयोजनाले बढाउने कार्यलयको अनुमान छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय