लोकल कुखुरा पालेर मनग्ज्ञ आम्दानी

स्वदेशमा राम्रो काम नपाएको भन्दै सयौं युवाहरू दिनहुँजसो रोजगारीको खोजीमा बिदेश तिर गइरहेको बेला बागलुङ नगरपालिकाका एक युवा भने यहीँ स्थानीय लोकल जातका कुखुरा पालेर आम्दानी गरिरहेका छन् ।

‘राम्रो आम्दानी हुने भएपछि कुखुरा पालनप्रति आर्कषण ह्वात्तै बढीरहेको छ अचेल विकट भेगमा मात्रै हैन सदरमुकामका स्थानीय कृषक कुखुरा पालनमा झनै सक्रिय देखिएका छन् । एकातिर देशमा रोजगार नभएको भनि दिनहुँजसो युवा जनशक्ति कामको खोजीमा बिदेशीदै गरेको समयमा बागलुङ नगरपालिका वडा नम्बर ३ का युवा श्याम प्रसाद शर्मा आफ्नै गाउँमा स्थानीय जातका लोकल कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

बजारमा यतिबेला हाइब्रिट जातको लोकल कुखुराले बजार लिइरहेको समयमा आफुले पुरै पुरानो लोकल जातको कुखुरा पालन गरेको मासु खादा यसको स्वाद निकै मिठो हुने गरेको कारणले पनि उपभोक्ताले खोजी खोजी लाने गरेको कुखुरा पालक किसान श्याम शर्माले बताए ।

दिनहुँजसो कुखुरा फम बाटै राम्रो बिक्री हुने गरेको कुखुराको अण्डा समेत राम्रो ब्यापार हुने गरेको आम उपभोक्ताले मागे जति अण्डा पुर्‍याउन नसकेको कुखुरा पालक किसानले बताए । करिव ६ रोपनी आफ्नो बारीमा लोकल जातका कुखुरा पालन गरिरहेका छन् ।आम उपभोक्ताले मुल्य महंगो परेपनि लोकल जातको कुखुराको मासु स्वस्थ्यकर हुने कारणले पनि रूचाउने हुदा ब्यवसाय फस्टाएको छ ।एउटा जिउँदो कुखुराको भाले २५ सय रूपैयाँमा बिक्री हुने गरेको छ भने लोकल अण्डा एक क्रेटको ७ सय ५० मा बिक्री हुने गरेको छ ।

२२ लाख लगानी गरेर कृषि कर्ममा लागेका ब्यवसायीलाइ यो पेशामा श्रीमतीले साथ दिएका छन् । स्थानीय तह कृषि ज्ञान केन्द्र लगायतका निकायले किसानलाई प्रोत्साहन गर्न दिइने अनुदान सहयोग भने समाजका टाँठाबाठाले मात्रै पहुँचका आधारमा पाउने गरेको कारण आफुहरू भने जहिल्यै पनि छुट्ने गरेको गुनासो शर्माको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय