अर्घाखाँचीमा दीप प्रज्वलन र जयजयकार हुने

अर्घाखाँची भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन हुने भोलिको दिन अर्घाखाँचीको सिद्धेश्वर शिवालय र शान्ति बगैचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिने भएको छ ।

पाँच सय बर्ष पछी भारतको अयोध्यामा प्रभु श्रीराम को मन्दिर बनेर भोलि जनावरि २२ तारिकका दिन प्राण प्रतिष्ठान र उद्घाटनको खुसियालीमा सिद्धेश्वर शिवालयमा दीप प्रज्वलन र श्री रामको जयजयकार गरिने सिद्धेश्वर शिवालयका संरक्षक नारायण प्रसाद खनालले बताए ।हिन्दूधर्म रक्षा परिषद नेपाल अर्घाखाँचीका युवा स्वयंसेवक हरुले सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला, गणेश पञ्चाङ्ग मन्दिर लगायत बिभिन्न मन्दिर हरुमा विशेष कार्यक्रम गर्न थालिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय