सुनकोशी–मरिण डाइभर्सनको टिविएम पहिरोका कारण जाममा

सिन्धुली जिल्लाकमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको टिविएम भुगर्भभित्रको पहिरोका कारण जाममा परेको छ ।केही समय अघिदेखि जाममा परेको टनेल वोरिङ मेसिन टिविएम डाइभर्ट गरेर संचालन गराउन नेपाली उच्च अधिकारी तथा विदेशी विषेशज्ञहरुको टिम आयोजना स्थलमा खटिएको छ ।

टनेल वोरिङ मेसिन टिविएम संचालनकालागि नेपालमा विषेशज्ञ उपलव्त्र नभए कारणले नेपाल सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको आग्रहमा चीनीया विषेशज्ञ झिकाएको थियो ।

जाममा परेको टनेल बोरिङ मेसिन (टीबीएम) डाइभर्ट गरेर अगाडि बढाउने र पहिरो हटाएर संचालन गर्न टिविएम विषेशज्ञको टोली सर सल्लाह गरिरहेको जनाईएकोके छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्धे करिव १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भैसकेको अवस्थामा सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका वडा नं ७ को ढाडबेसी निगुली क्षेत्रको भुगर्भ भित्र माटो र साना ढुंगाको पहिरो आएर टिविएम जाममा परेको बताईएको छ ।

लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनीया ठकेदार कम्पनि चाईना ओभरसिज ईन्जिनिर ग्रुप कोवेकको सम्पुर्ण कार्य रोकिदा दैनिक रुपमा करोडौ नोक्सानी हुदै आएको छ ।

पछिल्लो पटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टीबीएम) लाई पहिरोले थिचेपछि पहिरो पन्छाएर संचालन गरिएता पनि लगातार पहिरो गएका कारणले डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ ।

सुनकोसी–मरिण डाइभर्सन बहुउदेश्यिय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो माटो झरेर सुनकोशी– ७ मझुवाको ढाडबेसी निगुली क्षेत्रको भुगर्भमा चौथो पटक टनेल बोरिङ मेसिन अवरुद्ध भएको हो ।

यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टनेल बोरिङ मेसिन (टीबीएम) मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण अवरुद्ध भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय