मोरंगको रंगेली छोटी भन्सार कार्यालय पाँच बर्षदेखि सञ्चालनमा आउन सकेन

मोरंगको रंगेली छोटी भन्सार कार्यालय पाँच बर्षदेखि सञ्चालनमा नआउदा साना व्यापारीहरु समस्यामा परेका छन । २०६८ साल देखि रंगेली छोटी भन्सार कार्यालय कर्मचारी बिहीन भएको हो । बिराटनगर भन्सार कार्यलय पछिको पुरानो भन्सार कार्यालय भएपनि सञ्चालनमा सरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

कार्मचारी रहदा २० रुपैयाँसम्म राजस्व छोटी भन्सारले उठाउदै आएको थियो भन्सारका लागि निर्माण गरिएको दुई तल्ले भवन समेत प्रयोगविहीन अवस्थामा रहेको छ । भन्सार नचल्दा भन्सार पूर्वाधारमा गरिएको लगानी बालुवामा पानी बराबर भएको छ । स्थानीय तहले पनि छोटी भन्सार चलाउन पहल गरेको छैन । विराटनगर भन्सार कार्यालयले भने अपेक्षाकृत राजस्व संकलन हुन नसकेका कारण रंगेली र सिक्टी छोटी भन्सारमा कर्मचारी नराखिएको जनाएको छ । स्थानीयले माग गरेमा कर्मचारी राख्न सकिने कार्यालयको भनाइ छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय