राम मन्दिरमा एकैदिन ३ करोडभन्दा बढी रुपैयाँ संकलन

भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा एकैदिन ३ करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ । मन्दिरको प्राण प्रतिष्ठा गरेपछि मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो । सो दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको जानकारी दिएका हुन् । बुधबार राति १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए । प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेको बताइएको छ । मन्दिरमा दर्शनका लागि अहिलेपनि भक्तजनको ठूलो भिड लाग्ने गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय