आगलागिबाट क्षती

 

बर्दिया (बर्दियाको गेरुवा गाउँपालिकामा आगलागि भएको छ । शनिवार राती करिव २ बजे गेरुवा ६ पर्सैनिपुर जनकटोलका मुक्त बहादुर बस्नेतको भान्साघर सहित गोठमा आगलागि हुदा करिव ५ लाख मुल्यवरावरको क्षति भएको छ ।

आगलागि बाट १ भैसी,१ पाडो,५खसीबाख्रा,१६ वटा कुखुरा,१ साईकल र काठको दराज लगायतका पशु चौपाया तथा सामाग्री जलेर नष्ट भएको बर्दिया प्रहरीले जानकारी गराएको छ । आगो कसरी र किन लाग्यो भन्न्ो घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । गोठमा आगो वालिएको भएता पनि राती सुत्नेवेलामा आगो निभाएर सुतेको पिडीत परिवारले जानकारी गराएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय