अर्घाखाँची न्यायिक पहुँच कार्यक्रम सम्पन्न

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ३ बल्कोटमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा वडा कार्यालयको हलमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन भएको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले बताए । अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीस कृष्णजंग शाहले अदालती काम, कार्यवाही, अदालती सेवा, सुबिधा, न्याय र कानुन सम्बन्धि बिबिध विषयमा जानकारी गराउंएका थिए । अर्घाखाँची अदालतका श्रेस्तेदार नारायण पौडेल, जिल्ला न्यायाधिवक्ता बिष्णु प्रसाद आचार्य, तहसिलदार कृष्ण प्रसाद भट्टराई र वैतनिक अधिवक्ता जगन्नाथ भुसालले कार्यक्रमको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

६५ जनाको उपस्थिति रहेको कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको र निरन्तरताको लागि वडा अध्यक्ष तेजप्रसाद खनालले आग्रह गरेका थिए । कार्यक्रम जिल्ला न्यायाधीश कृष्णजंग शाहको अध्यक्षता, श्रेस्तेदार नारायण पौडेलको स्वागत तथा सूचना अधिकारी टेकराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय