अयोध्यामा श्रीराम मन्दिरले विश्वभरि चर्चा पाईरहदा लव र कुश हुर्किएको बाल्मिकी आश्रम किन ओझेलमा ?

भगवान रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिरको भब्य प्राणप्रतिष्ठाले विश्वभरि चर्चा पायो । भगवान राम जन्मेको अयोध्यामा विश्वभरिका हिन्दुहहरुको ध्यान केन्द्रित हुदा रामकै अर्धाङ्गनी सीता बसेको तथा उनका छोराहरु लव र कुश हुर्किएको बाल्मिकी आश्रममा भने कुनै चहलपहल छैन ।

रामायणको महत्वपूर्ण पाटोको रुपमा रहेको हाल नेपालमा पर्ने बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा रहेको छ । चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ मा पर्ने यो आश्रमबारे नेपालीहरु नै अनविज्ञ रहेका छन् । नेपालमै रहेको बाल्मिकी आश्रम पुग्नलाई भारत हुदै जानुपर्ने बाध्यता रहेको छ। महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेको र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर त्यसको संरक्षणको प्रयास भएको देखिँदैन ।

बाल्मिकी आश्रममा धेरै नेताहरुले आश्वासन दिए पनि ब्यवहारमा लागु हुन नसकेको जनप्रतिनिधिहरुको पनि गुनासो छ । रामायण सर्किटको विकास गरि त्यसमा बाल्मिकी आश्रमलाई पनि समेटनुपर्ने उनीहरु बताउछन । भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा संगै नेपालमा रहेको बाल्मिकी आश्रमबारे नेपालीहरुको चासो बढेको छ । नेपालीहरु आश्रमको भ्रमण गर्ने मनस्थिती बनाईरहेका छन् । तर भ्रमण गर्न सहज नभएको उनीहरुको गुनासो छ ।

नेपालतर्फ बाटो खुले बाल्मिकी आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके ३ किलोमिटर दूरीमै नेपाल तर्फबाट बाल्मिकी आश्रम पुग्न सकिने छ । वाल्मीकि आश्रमलाई भारतीयहरुले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेको छ । नेपालमा रहेको बाल्मिकी आश्रममा ठूलो संख्यामा भारतीयहरु आउदा नेपालीहरु भने नगण्य रुपमा पुग्ने गरेका छन् । हालै मात्र त्रिवेणीधाममा बाल्मिकी आश्रमलाई लक्षित गरि झोलुङ्गे पुलको निर्माण भएको छ । तर बाटो नै नभएको निर्माण भएको पुल सदुपयोग हुने कि नहुने भन्नेमा नै अन्यौल रहेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय