भोजपरका किसानहरु व्यवसायिक कृषि खेतीमा

भोजपुरका किसानहरु व्यवसायिक कृषिमा जुटेका छन् । कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । तर ढुवानीको कारण उत्पादित बस्तुको बजारीकरणमा भने कृषकहरुलाई समस्या रहँदै आएको छ ।

भोजपुरको हतुवागढी ५ होम्ताङमा ७० वर्षिय सकत बहादुर राईले एभोकार्डोको व्यावसायिक खेती गरेर मनग्दै आम्दानी गर्दै आएका छन् । राईले करिव २० रोपनी क्षेत्रमा व्यवसायिक एभोकार्डो खेती गरिरहेका छन् । राईले उत्पादन गरेको एभोकार्डो स्थानीय बजारसँगै काठमाण्डौ, विराटनगर, धरान इटहरीलगायत देशका ठुला सहरमा पुग्ने गरेको छन । तर त्यससम्म विक्री गर्नको लागि भने सहज छैन । सहज यातायात सुविधा नहुँदा भने उत्पादित बस्तुलाई बजारसम्म पु¥याउन समस्या रहेको उनको भनाइ छ । भावीदिनमा बार्षिक दशदेखी १२ लाखसम्म आम्दानी लिने लक्ष्यका साथ खेती विस्तारमा जुटेको राईको भनाइ छ ।

बुढौली उमेरमा पनि राईले एभोकार्डो खेतीमा गरेको मेहनत निकै लोभलाग्दो छ । यो वर्ष ५ क्वीन्टल एभाकोर्डो उत्पादन भएको उनको भनाइ छ । उत्पादित एभाकोर्डो प्रतिकेजी दुई सय सयदेखी दुई सय ५० मा विक्री उनको भनाइ छ । खेती विस्तार तथा उत्पादित बस्तुको बजारीकरणको लागि उनका परिवारका सदस्यले आवश्यक साथ सहयोग गर्दै आएका छन् । बाँझो जमिनको सदुयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यको साथ व्यावसायिक एभोकार्डो खेती विस्तारमा गरेको नुयुङ कृषि तथा पशुपालन फर्मका व्यवस्थापक एक्सन राईले बताए ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्दै आएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । कृषिमा आत्मानिर्भर बनाउदै आर्थिक रुपमा टेवा पु¥याउने उद्धेश्यले बहुवर्षिय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ । कृषकलाई आवश्यकताको आधारमा विभिन्न खालका सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यवसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ । गामिण भेगमा उत्पादन भएको बस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको कृषकहरुले बताउने गरेका छन् । यसर्थ कृषकहरुले उत्पादन गरेको बस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिन आवश्यक छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय