कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आज नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानको तर्फबाट सहायक महानिर्देशक डा शर्ली तरावलीले हस्ताक्षर गरेका हुन ।

सम्झौतापछि कुषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले सम्झौताले नेपालका कृषि मन्त्रालयसँग जोडिएका सबै सरोकारवाला निकायहरुसहित नेपालको पशुपालन क्षेत्रको अध्ययन र अनुसन्धानका नयाँ आयामहरु थपिने विश्वास प्रकट गरे ।

मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरुलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरुलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउन फलदायी हुने बताए ।

महानिर्देशक तरावलीले उचित पोषण,बाल कुपोषण न्युनीकरण गर्न,संज्ञानात्मक विकासमा सुधार,खाद्य उत्पादन र स्वास्थ्यको लागि साना किसानको पशुपालन प्रणालीलाई रुपमान्तरण गर्ने बताए ।

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच भएको सम्झौताले पशुपंक्षी अनुसन्धान, विकास,नविन प्रविधि प्रवद्र्धन र कषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने सरकारले विश्वास गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय