प्रचुर पर्यटकीय संभावना बोकेको सन्दकपुर प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै (फोटो फिचर)

 

इलामको सन्दकपुर प्रचुर पर्यटकीय संभावना बोकेको भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । गर्मीयाममा विभिन्न प्रजातिका लालिगुराँस र हिउँदमा हिउँ खेल्न पाउने स्थानमा अपेक्षाकृत पर्यटक पुग्न नसकेका हुन ।


जाडोयाममा हिउँ खेल्न पाइने मौसम खुलेको समयमा सुर्योदय, सुर्यास्त नजिकबाट देखिने इलामको सन्दकपुरमा अपेक्षाकृत पर्यटक पुगेका छैनन । विभिन्न प्रजातिका लालिगुरासँगै सगरमाथा लगायतका ७ वटा हिमालहरु सहज रुपमा हेर्न सकिने सन्दकपुर क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको हो । होटल, होमस्टे सञ्चालनका लागि व्यक्तिसंग जग्गा अभाव र भौगोलिक विकटता र वाटोको असहजता सन्दकपुरका मुख्य समस्या रहेका छन ।

माई खोलाको मुहान सहित जाडोको समयमा समेत पानी नजम्ने पोखरी समेत रहेको सन्दकपुर क्षेत्रको प्राकृतिक मनोरमताको अवलोकनका लागि सहज रुपमा पुग्ने बाटो समेत छैन । प्राकृतिक रुपमा सुन्दर स्थान भएपनि बाटोको भौगोलिक विकटताका कारण पनि समस्या हुने गरेको यहाँ पुग्ने आन्तरिक पर्यटकको भनाइ छ ।

प्राकृतिक रुपमा मनमोहक सन्दकपुर क्षेत्रमा नेपालका साथै भारतीय क्षेत्रबाट समेत पर्यटकहरु घुम्न आउने गरेका छन । भारतीयहरुले पनि सन्दकपुरमा पर्यटकीय पूर्वाधार अभावलाई समस्याको रुपमा औल्याएका छन । भारततर्फबाट आउने बाटो सजिलो भएका कारण सन्दकपुरमा नेपाली भन्दा भारतीय पर्यटक नै बढी पुग्ने गरेका छन । नेपाल तर्फबाट सहज रुपमा बाटोको सुविधा नभएका कारण समेत आन्तरिक पर्यटकहरु कम आउने पर्यटन व्यवसायीको भनाइ छ ।

सन्दकपुरवाट पुस माघमा हिउ पर्ने, असोजदेखि मंसिरसम्म सगरमाथा, कन्चनजंघा, कुम्भकर्ण,मकालु लगायत सात हिमश्रृखला अवलोकन गर्न सकिन्छ । यहाँवाट पुर्वी तराईका दृष्य, भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मको क्षेत्र अवलोकन गर्न सकिन्छ । लालिगुराँस र चौरीपनि यहाँका आकर्षण हुन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय