दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा जिल्ला अस्पताल भोजपुरको जिनर्सिङ क्वाटर निर्माण

जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो ।जिल्ला अस्पताल भोजपुरमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक रु.दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न गरिएको छ । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताल भोजपुरलाई हस्तान्तरण गरेको छ । भवन व्राईट वुल÷यु.डि. जेभीले निर्माण सम्पन्न गरेको हो ।

नर्सिङ क्वाटर भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसलासँगै कार्य सम्पादनमा सहजता हुने अस्पतालको भनाइ छ ।भवनको भुईतला र पहिलो तलामा आठ परिवारको लागि एक÷एक ओटा लिभिङ रुम, बेड रुम, भान्सा कोठा, र शौचालय रहेको जनाइएको छ । त्यस्तै दोश्रो तलामा भण्डारण कक्ष र एक वटा पाहुना कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताए । भवन निर्माणले सेवा प्रवाहमा थप सहजता भएको उनको भनाइ छ ।भवन निर्माणको काम २०७८ भदौबाट शुरु भएको थियो । १८ महिना निर्माण अवधि रहेको भएपनि कोभिडका कारण ९ महिना म्याद थपिएको थियो । म्याद थपपछि २०८० मंसिर २८ मा भवनको निर्माण सम्पन्न भएको हो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय