दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा जिल्ला अस्पताल भोजपुरको जिनर्सिङ क्वाटर निर्माण

जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । जिल्ला अस्पताल भोजपुरमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक रु.दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न गरिएको छ । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताल भोजपुरलाई हस्तान्तरण गरेको छ । भवन व्राईट वुल-यु.डि. जेभीले निर्माण सम्पन्न गरेको हो ।

नर्सिङ क्वाटर भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसलासँगै कार्य सम्पादनमा सहजता हुने अस्पतालको भनाइ छ । भवनको भुईतला र पहिलो तलामा आठ परिवारको लागि एक-एक ओटा लिभिङ रुम, बेड रुम, भान्सा कोठा, र शौचालय रहेको जनाइएको छ । त्यस्तै दोश्रो तलामा भण्डारण कक्ष र एक वटा पाहुना कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताए । भवन निर्माणले सेवा प्रवाहमा थप सहजता भएको उनको भनाइ छ । भवन निर्माणको काम २०७८ भदौबाट शुरु भएको थियो । १८ महिना निर्माण अवधि रहेको भएपनि कोभिडका कारण ९ महिना म्याद थपिएको थियो । म्याद थपपछि २०८० मंसिर २८ मा भवनको निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय