आहा रारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

२३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गरे ।

जिलेस्पीले ३८औँ, फत्तेमानले ८३औँ र बसन्तले इन्ज्युरी समयको चौगथो मिनेटमा गोल गरेका हुन् । आर्मी पहिलो पटक आहारारा गोल्डकपको च्याम्पियन बनेको हो ।

आर्मीले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । अहिलेसम्म आहारारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६–६ पटक, थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मीले समान १–१ पटक जितेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय