लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न

पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ । लोप्रेको मालिका आधारभूत बिद्यालयमा आयोजना गरिएको लाटोकोसेरो तथा हुचिल उत्सव दुई दिनसम्म सञ्चालन भएको थियो ।

सुरक्षित आहाराको कमीले लाटोकोशेरो संख्या घटी रहेकोमा लोप हुनबाट जोगाउन महोत्सवको आयोजना गरिएकोको संरक्षणविद् डा हुम गुरुङले बताईन ।

विषेश गरी कृषि वालीमा लाग्ने मुसा, सर्प दुम्सी फटेङग्रो , छेपारो ,लगायत वाली नाली नासक किराहरु लाटोकोसेरोको आहारा हुने हुँदा किसानको साथीको रुपमा पनि संरक्षण गरिनुपर्नेमा उनले जोड दिइन् । ठुला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ

।महोत्सवमा लोपोन्मुख स्थानीय खेलहरू ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एक खुट्टे प्रदर्शनी सहित भजन, पञ्चेबाजा, यानीमाया,लाखेनाच, पुख्र्यौली नाच, सालैजो गाउने र बजाउने लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियोे । उत्सवमा वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरुले लाटोकोसेरो सम्बन्धी सचेतनामुलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय