साहित्यकार जिसीको मृत्यु फूल पुस्तक बिमोचन

एकपछि अर्को कृति बिमोचन हुने क्रम बढिरहेका बेला नेपालगन्जका अग्रज सञ्चारकर्मी तथा साहित्यकार गणेश जिसीको कथा संग्रह मृत्युफूल पुस्तक बिमोचन भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको भाषा तथा समालोचना बिभागको आयोजनामा प्रगतिवादी साहित्यकार जिसीको सातौ साहित्यीक कृतिका रुमा प्रकाशित मृत्युफूल शनिवार एक समारोहकाबीच बिमोचन गरिएको हो ।

सहरभित्र हराएको मान्छे कबिता संग्रह, हाईकु, कुन्दन कथा संग्रह, नाटक लगायतका छ वटा कृतिहरु प्रकाशन गरिसकेका जिसीले ७५ बर्षको उमेरमा सातौं कृतिका रुपमा मृत्युफूल कथासंग्रह प्रकाशन गर्न सफल भएका छन् । सैनिक सेवाबाट निबृत्त भएसंगै कलम चलाएर पत्रकारिता पेशामा लागेका जिसीले जीवनको उत्तरार्धबाट साहित्यीक क्षेत्रमा कलम चलाउदै आएका छन् ।

जन्मथलो दैलेख भई नेपालगन्जलाई मर्कथलो बनाएका जिसीको पछिल्लो कृति मृत्युफूलमा मानिसको जन्म भएपछि मृत्यु सत्य हुने र जुनसुकै समयमा मानिसले मृत्युफूल टिपेर उड्न सक्ने भएकाले बाँचुञ्जेल सम्मको समयलाई उपलब्धिमूलक बनाउन असल कर्म गरौं भन्ने सन्देश दिईएको छ । मानिस जन्मिसकेपछि कुनै न कुनै असल कृति राख्न सकेन भने जन्मेको पनि निरर्थक हुने साहित्यकार जिसी बताउछन् । गणेश जिसी कबि, साहित्यकार, खण्डकाब्य, उपन्यासकारका रुपमा सफल हुदै गएको भन्दै उनका यि कृतिहरुले बिकृति बिसंगतीबाट समाज र देशलाई बदलेर सुसंस्कृत बनाउन योगदान दिने भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना बताउछन् ।

लेखक यथास्थितिवादी र अग्रगमनवादी हुने भन्ने बिषय लेखकको लेखले बताउने भन्दै गणेश जिसीको मृत्युफूल समय सान्दर्भिक भएको वरिष्ठ लेखक तथा समालोचक नरेन्द्रजंग पिटर बताउछन् । निरन्तर लेखिराख्ने लेखकका रुपमा गणेश जिसी लागिरहेकाले उनका खण्डकाब्य, कथा, कबिता, उपन्यास जस्ता पुस्तकहरु प्रकाशनमा आईसकेको साहित्यकार सनत रेग्मी बताउछन् । पुस्तकका बारेमा समालोचक गीता अर्याल र चरित्र शाहले समिक्षा गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय