काभ्रेको बनेपामा फागुन पहिलो साता कृषि महोत्सव हुने

 

काभ्रेको बनेपामा फागुन पहिलो साता कृषि महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा फागुन चार गतेदेखि सात गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज प्रदर्शनी राखिने आयोजकको भनाइ छ ।

त्यस्तै पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने बताइएको छ ।

सहोत्सवले किसानलाई प्रोत्साहित गर्ने, कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने जिल्ला समन्वय समितिका सभापति दिपक गौतमले जानकारी दिए । महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रे उद्योग बाणिज्य संघको सहयोग रहने बताइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय