बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा भएका छन् । चौधरीलाई बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले माघ १८ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।

सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज हिरासत मुक्त गरिएको हो । जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छोडिए पनि सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान कायमै राख्ने जनाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा परेका सीजी होल्डिङ्सका अध्यक्ष चौधरीसहित ३ जनालाई त्यसअघि दिइएको ४ दिनको म्याद सकिएपछि अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।

तर सोमबारमात्रै उनीहरूलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न अदालतले आदेश दिएको हो ।सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय