पर्वतको फलेवासबाट दश करोड बराबरको सुन्तला निर्यात

पर्वतको फलेवास नगर पालिका बाट चालु वर्षमा दश करोड बराबरको सुन्तला निर्यात भएको छ । नगर पालिकाका ठानामौला , लिमिठाना ,भंगार, कुर्घा, पाङराङ, गरी पाँच वटा वडामा उत्पादन भएको सुन्तल निर्यात भएका हुन । व्यवसायीक रुपमा सुन्तला खेती गरीरहेका किसानहरुले यस वर्ष सुन्तलाको राम्रो मुल्य पाएको बताएका छन ।

गाउँम सडक पुगेपछि आँफैले लगेर काठमाडौ तथा वुटोवलका बजारहरुमा विक्रि वितरण गर्न पाउँदा रामं्रो मुनाफा गर्न सकीएको बताएका हुन । ७९ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरीरहेका पाङराङका पुर्ण बहादुर कुंवरले यो वर्ष सुन्तला विक्रि गरेर १७ लाख सम्म कमाउन सकेको बताए ।

किसानहरुले ग्रेडीङ गरेर जेठी माईल कान्छी गरेर बगैचा बाटै विक्रिका लागि लाने गरीएको बताएका छन । माघको पहीलो सातामा बोट बाटै सुन्तला टिपेर किसानहरले विक्रि गर्न लागेका हुन । मध्य पहाडी लोक मार्ग सञ्चालनमा रहेका कारण पनि यस क्षेत्रका किसानहरु आँफैले सुन्तला टिपेर बजार पुगाउने गरेका छन । सुन्तला किसानलाई हौसला दिन र सुन्तलालाई गोडमेल चुन निलो तुथो स्थल गत तालिम दिइएको नगर पालिको जनाएको छ । सुन्तला विक्रिवितरणमा सहजीलो गराउन बगैँचा मै सडक सञ्जालनको विस्तारमा लागेको जन प्रतिनिधिहरुले बताएका छन ।

वार्षिक दश करोड सम्मका सुन्तला निर्यात हुने गरेको फलेवासका पाँच वडामा व्यवसायीक सुन्तला खेती हुँदै आएको छ । दुई सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरेको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय