कुम्भमेलाको प्रचारात्मक अभियान सुरू

वराहक्षेत्र । धार्मिक नगरी प्राचिन हरिद्धार चतराधाममा लाग्ने १२ बर्षे पुर्ण महाकुम्भलाई सफल वनाउन प्रचारात्मक अभियानका रुपमा वराहक्षेत्र नगरपालिकाको आयोजनामा चतरामा सरसफाई गरिएको छ । कुम्भ नगरी चतराधाममा आगामी चैत्र २७ गतेबाट लाग्ने एक महिने कुम्भमेलाको प्रचारात्मक अभियान अन्तरगत वराहक्षेत्र नगरपालिकाले सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा नेपालका प्रमथ जगतगुरु वालसन्त सहित वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की झाडुकुचो लिएर चतराधामको सरसफाईमा सहभागी भएका थिए । चतरामा लाग्ने १२ वर्षे महाकुम्भको प्रचारप्रसारमा गर्ने उद्धेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले जानकारी गराए ।

सरसफाई कार्यक्रममा कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा घाट क्षेत्रमा सरसफाई गरियो । सरसफाई कार्यक्रममा उप–प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल , जनप्रतिनिधि ,कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरीहरु ,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको टोली , सशस्त्र प्रहरी वेश क्याम्प चतराका सशस्त्र प्रहरीहरु , आदर्श माबिका विद्यार्थी , स्थानीय लगायतको सहभागिता रहेको थियो ।

देवता दानवले समुन्द्र मन्थन गर्दा निस्कीएको अमृतको पिण्ड नै भएको क्षेत्रमा कौशिकी सप्तकोसी नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मोक्ष हुने धार्मिक मान्यता रहेको छ । मन्थन पछि निस्कीएको अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको तानातानको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ स्नान गर्ने गरिन्छ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले चतरालाई कुम्भको राजधानी भन्ने गरिन्छ । अमृतको थोपा खरेको भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा पनि कुम्भ स्नान सहित कुम्भ मेला लाग्ने गरेका छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय