धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएन

विराटनगर उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खुला गरेपनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन ।

अदालतले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेपनि चिकित्सक र कर्मचारीले आन्दोलनलाई निरन्तरता दिएका हुन । अदालतको आदेशभन्दा पनि निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीप्रति विश्वस्त हुन नसकेको आन्दोलनरत चिकित्सकको भनाइ छ ।

उच्च अदालतले लोक सेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ति नगर्न, नगराउन अन्तरिक आदेश पनि दिएको छ । तर आन्दोलनरत पक्षले मिति तोकेर बढुवा प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग राखेको छ ।

अदालतको अन्तरिम आदेश र निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको अपिलमा कर्मचारी कल्याण समाजले भने केही प्रतिक्रिया दिएको छैन ।

विद्यार्थीरुले भने अदालतको फैसला र निमित्त उपकुलपतिको सहमतिको आधारमा शैक्षिक गतिविधि सुचारु गर्नुपर्ने माग राखेका छन । प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले पौष २९ गतेदेखि निरन्तर आन्दोलतमा रहेका छन ।

आन्दोलनको आज २६ दिन वितिसक्दा प्रतिष्ठानको आन्दोलनको निकास निस्कन सकेको छैन । आन्दोलनले गर्दा प्रतिष्ठानको बहिरंग सेवा आंशिक सञ्चालन छ भने शैक्षिक गतिविधि ठप्प छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय