नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म सञ्चालनमा

झापाको काँकरभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल र चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । संस्थाले मेचीनगर–१४, दुहागढीमा कृषि फर्म अन्तर्गत गाईपालन, माछापालन, बेर्ना बैंक, मौरीपालन, बेल्स साइलेस, हांसपालन, तरकारी खेती, च्याउखेती, चिस्यान केन्द्र, मिल्किङ पार्लर, कस्टम हायरिङ सञ्चालन गरिरहेको हो । फर्ममा पालिएका होलस्टेन प्रजातिका ४५ वटा गाईले दैनिक १ हजार लिटर दूध दिँदै आएका छन् । गाईका दूध संस्थाको डेरीमा खपत हुँदै आएको छ ।

चार वर्षअघि भारतको पञ्जाबबाट खरिद गरी ल्याइएका ५० वटा गाईमध्ये ७ वटा गाई हावापानीको सन्तुलन नमिल्दा मरे भने अहिले ४५ वटाले नियमित दूध दिँदै आएको छ । दुहुनुअघि सबै गाईलाई नुहाएर सफा सुग्घर पारी मिल्किङ पार्लरमा लगेर मेशिनबाट दुहुने गरिएको छ । १६ बिघा जग्गामा कूल २४ करोड लगानी गरी २०७५ साल माघ १९ गतेबाट सुरु भएको कृषि फर्मतर्फ कूल ४६ जना कर्मचारीले रोजगारी पाएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय