बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । च्याम्पियन फुटवेयर प्रालि अर्थात हाल चाँदबाग रेसिडेन्सी प्रालि का सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिनामा पक्राउ परेका थिए । उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छन । सीआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ । यही प्रकरणमा मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको हो । मालपोतले टोखा नगरपालिका–६ का अध्यक्षको रोहवरमा चाँदबागका सञ्चालक समिति अध्यक्ष ठाकुरका नाममा पत्र काटेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय