शान्तिबाटिकामा  बिरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै महानगरपालिका बिरुद्ध आन्दोलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा बिरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका बिरुद्ध आन्दोलित भएका छन् शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् ।

गत सोमवार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित भएका हुन् । २ सय ३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरबाट पनि पीडित भएको बताए ।

त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति र २६ दिनदेखि दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले पनि महानगरले ज्यादती गरेको आरोप लगाएका छन ।

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगर प्रमुख बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ । उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय