रामेछाप जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ सहितको जनशक्ति

रामेछाप जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ सहितको जनशक्ति हुुँदा पनि उपचारका लागि पुग्ने विरामीको संख्या न्यून रहेको छ । अस्पतालमा बिरामीको जाँच गर्ने पर्याप्त आधुनिक उपकरण सहित विशेषज्ञ सेवा उपलब्ध भएपनि पर्याप्त प्रचारप्रसार नहुँदा सेवग्राहीले लाभ उठाउन नसकेका हुन । अस्पताले काठमाडौं र शहर ठुला अस्पतालले दिने सेवा दिइरहेको दावी गरेको छ ।

रामेछापका बिरामी खर्च गरेर उपचारको लागि काठमाडौंसम्म पुग्ने गरेपनि जिल्ला अस्पतालमा भने न्युन संख्यामा पुग्ने गरेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।

जिल्ला अस्पतालमा अहिले ‘आईसीयू’कक्ष समेत सञ्चालनमा छ । काठमाडौंका अस्पतालले दैनिक ५ हजारभन्दा माथि शुल्क लिने सो सेवा रामेछाप अस्पतालमा १५ सयदेखि २ हजार शुल्क लिएर सञ्चालन गरिँदै आएको छ । अस्पतालले निःशुल्क रूपमा डायलिसिस लगायतका सेवा उपलब्ध छन । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय