बुटवलमा आधुनिक बधशाला सञ्चालनमा आउन सकेन

बुटवल । बुटवलमा स्थापना भएको आधुनिक बधशाला सञ्चालनमा आउन सकेको छैन । बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनी.र बुटवल उप–महानगरपालिका बीच भएको सहमतिको विपरित गएर उप–महानगरले बोलपत्र आह्वान गरेपछि वधशाला विवादमा पर्दै आएको हो । नगरका उपभोक्तालाई शुद्ध मासु खुवाउने उद्देश्यले बुटवलको वडा नम्वर १० मा फोरपी मोडलमा बधशाला निर्माण गरिएको हो ।

निर्माण सुरुभएको लामो समयसम्म पनी बिबिध कारणले यो बधशालाको निर्माण हुन सकेको थिएन । पछिल्लो समय ह्रयाफर ईन्टरनेशनलको प्राबिधिक सहयोगमा यो बधशालाको निर्माण कार्य सम्पन्न भएको हो पछिल्लो समय बुटवल उप–महानगरपालिकाले बध शाला सञ्चालन गर्न मुक्तिनाथ एग्रोलाई ५८ लाखमा दिएको छ । गत असोजको अन्तिम साताबाट बधशाला सञ्चालन गर्ने भनेपनि उसले काम अघि बढाएको छैन ।

बधशाला प्रयोगमा नआउदा ह्याफर इन्टरनेसनलको करिव ४ करोड, लुम्बिनी प्रदेश सरकारको १६ करोड र नगर पालिकाको २ करोड गरि करिव २२ करोडको लगानी वालुवामा पानी भएको छ । बधशाला २ बिगाहा ३ कठ्ठा क्षेत्र फलमा फैलिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय