नुवाकोटमा आठौँ नुवाकोट  महोत्सव शुरु

नुवाकोट । नुवाकोटको बिदुरमा शुक्रवारबाट आठौ नुवाकोट महोत्सव शुरु भएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन । ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास, नुवाकोट समृद्धिको निकासू नाराका साथ आयोजित महोत्सव फागुन ७ गतेसम्म हुने आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा दुईसय ५० भन्दा बढी स्टल रहेको र १ करोड भन्दा बढिको ब्यापारिक कारोवार हुने अपेक्षा गरिएको सङका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसपटक महोत्सवमा स्थानीय उत्पादन तथा कृषि प्रर्दशनी लाई प्राथमिकता दिइएको छ । यस बर्ष कृषिलाई पहिलो प्राथमिकतामा राख्न १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी संघ लगायत अन्य निकायहरुसँग समन्वय गरिएको अध्यक्ष श्रेष्ठले वताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय