सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने मुख्यमन्त्री शाहको दावी

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । “सूचनाको हकको कार्यान्वयन गर्ने कुरा, पारदर्शिता र सुशासन कार्यम गर्ने कुरामा आफू तयार रहेको बताए। देश भरिमा सुदूरपश्चिमलाई सूचनाको हकमा पहिलो र हकमैत्री प्रदेश बनाउने चाहाना रहेको मन्त्री शाहले बताए ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सित सहकार्य गर्न तयार उनले बताए। अधिवेशनमा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा प्रशिक्षण समेत गरेका थिए । कार्यक्रममा सहभागी सार्वजनिक निकायका प्रतिनिधिहरु र सूचनाको हकका अभियन्ताहरुले सूचनाको हकको प्रयोगमा भोग्नु परेका समस्या र चुनौतीका विषयमा आआफ्ना अनुभवहरू सुनाएका थिए । सोही अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन समेत गरिएको केन्द्रीय अध्यक्ष उम्मिद बागचन्दले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय