नेपाल स्पोर्ट्स एक्स्पो २०२४ आयोजना हुने

नेपाल स्पोर्ट्स एक्स्पो २०२४ आयोजना हुने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले एक्स्पो आगामी वर्षको असोज ३ देखि ५ गतेसम्म काठमाडौंको वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुने जानकारी गराएको हो । महासंघका महासचिव शिवसागर शर्माले खेलकुद सामग्रीबिना शैक्षिक सामग्री अपुरो र अधुरो हुने कुरालाई मनन गर्दै एक्स्पो आयोजना गर्न लागेको बताए । उनले असोज ३ देखि ५ गतेसम्म चल्ने एक्सपोमा नेपाल, भारत लगायत अन्य देशहरुका समेत गरी सय वटा खेलकुद सामग्रीका उत्पादक कम्पनीका स्टल रहने बताए ।

एक्स्पोले शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षा आयोजकले गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय