लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने देउवाको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै यस्तो प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको भन्दै सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने बताए ।

सभापति देउवाले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाए ।

महामन्त्री थापाले नेपाली काँग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको पनि स्पष्ट । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काँग्रेस लाग्नुपर्नेमा जोड दिए । नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय