एनएसजेएफ अवार्ड २०७९ नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीलाई

काठमाडौँ । नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले एनएसजेएफ पल्सर स्र्पोस्अवार्ड २०७९ को चार विधामा वर्चस्व कायम गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै चार विधाका शिर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो । यस पटक २० औं संस्करण माघ २८ गते आईतवार याक एण्ड यति होटलमा आयोजना हुँदैछ ।

एथ्लेटिक्सबाट पाँच जना र क्रिकेटबाट चार जना फरक चार विधाको शीर्ष तीनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल भएका छन् । वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा परेका छन् ।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छ । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन् । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय